इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान | Khabarhub Khabarhub

इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द गर्नु र राजनीतिक समाधानको प्रक्रिया सुरु गर्नु हो ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, प्यालेस्टाइनी नेता महमुद अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग सोमबार छलफल गर्ने भएका छन् ।

क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभलाई उद्धृत गर्दै रूसी एजेन्सीहरूले पुटिनले आफ्ना सिरियाली समकक्षी बसर अल असद र इरानी राष्ट्रपति इब्राहिम राइसीसँग सोमबार नै कुराकानी गरिसकेको बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ०७ बजे

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार