इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान « Khabarhub

इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द गर्नु र राजनीतिक समाधानको प्रक्रिया सुरु गर्नु हो ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, प्यालेस्टाइनी नेता महमुद अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग सोमबार छलफल गर्ने भएका छन् ।

क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभलाई उद्धृत गर्दै रूसी एजेन्सीहरूले पुटिनले आफ्ना सिरियाली समकक्षी बसर अल असद र इरानी राष्ट्रपति इब्राहिम राइसीसँग सोमबार नै कुराकानी गरिसकेको बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ०७ बजे

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा