खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?  « Khabarhub

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ? 


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि कसैको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

खाना खाने बित्तिकै धेरैले अल्छी तथा निद्रा लागेको महसुस गर्छन् ।  खाना खाएपछि सुत्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । खाना खाएपछि निद्रा लाग्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘पोस्टप्रान्डियल सोमनोलेन्स’ भनिन्छ । अर्थात् फुड कोमा भन्ने गरिन्छ । 

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ त आज हामी यसैको बारेमा चर्चा गर्ने छौँ । खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्‍याउँछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ । 

तर खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफूले खाँदै गरेको खानाको बारेमा जानकारी राखी त्यस्ता खानाबाट टाढा रहनु पर्ने चिकित्सकहरू बताउँछन् । 

यो समस्या कम गर्नको लागि एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुँदैन । र खाना खाएपछि सकेसम्म सुत्ने वा आरामसँग बस्ने गर्नुहुँदैन । बरु एक छिन हिँडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम हुने चिकित्सकहरू बताउँछन्  ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ६ : ३५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा