कसरी गर्ने दाँतको हेरचाह ? | Khabarhub Khabarhub

कसरी गर्ने दाँतको हेरचाह ?

'प्रत्येक ६ महिनामा अनिवार्य रुपमा दाँतको जाँच गर्नुपर्छ'


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यस कारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन थालेको उनीहरूको भनाइ छ। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्तिने गरेका छन्। दाँतमा के कस्तो लापरबाहीले समस्या सिर्जना हुन्छ ? दाँतलाई कसरी सफा गर्ने ? मुख स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? उपचारको पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि दन्त चिकित्सक डा. किरण आर्चायसँग गरिएको कुराकानीको सम्पादित अंश :

हाम्रो गिजामा के कस्ता समस्या देखा पर्छन् ?
गाउँघरमा सामान्य सूर्ती वा खैनी च्यापेर राख्ने गरेको पाइन्छ। तर उहाँहरूलाई सूर्ती र सुपारीले के असर गर्दछ भनेर थाहा हुँदैन। यसरी सूर्ती र सुपारी खाने बानीले दाँतको बाहिरी भागमा सबै फोहोर जम्मा हुन्छ। यसका अतिरिक्त जुनसुकै खानेकुरा खाएपछि कुला नगरे वा दाँत नमाझेमा दाँतमा फोहोर जम्मा हुन्छ। यो बढ्दै गयो भने गिजामा असर गर्छ। गिजाहरू सुनिन सक्ने अवस्था र दाँतहरू हल्लिन सक्ने अवस्था सिर्जना हुन्छ। मुखमा खानेकुरा अड्किएपछि पहिलो असर भनेको गिजामा नै देखिन्छ। त्यसले एउटा दाँतलाई सर्पोट गर्ने बोनमा असर गर्दछ। हाम्रो समाजमा दाँत सफा गर्नुपर्छ भन्ने भन्दा पनि सफा गरेपछि हल्लिन्छ भन्ने गलत बुझाइ रहेको छ। सुरुमा दाँत माझ्दा रगत आउने नै गिजाको रोगको पहिलो लक्षण हो। त्यो बेला नै उपचार गर्नु पर्दछ। यदि समयमा उपचार भएन भने बिस्तारै हड्डी खिइँदै जान्छ र पछि दाँत नै निकाल्नु पर्ने हुन्छ। हामीले खाएको खाना दाँतमा पसेर बस्छ र त्यो फोहोर भएर दाँत खिइँदै जान्छ। त्यसैले सधैँ घरमा नै बसेर ब्रस गर्नु वा सफा गर्नु भन्दा वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर स्केलिङ गर्न सकिन्छ। कहिले काहीँ धेरै फोहोर भएर पिप आउने समस्या पनि हुन्छ। बिरामी लास्ट स्टेजमा अस्पतालमा आउने हुँदा त्यसमा दाँत नै निकाल्नु पर्नेसम्म हुन्छ।

दाँतको हेरविचार नगर्दा कस्ता रोग लाग्दछन् ?
नेपालमा थोरै दाँत दुख्यो भने पनि दुखाई कम गर्ने औषधि खाने गर्छौँ। डाक्टरको परामर्श बिना नै खाइने यस्ता औषधिले शरीरमा विभिन्न किसिमका रोगहरू निम्त्याउन सक्छन्। यदि हाम्रो दाँत र खाना खाने मुख नै स्वच्छ छैन भने खाएको खानाले शरीरमा फाइदा दिन्छ भन्न सकिँदैन। यसले गर्दा मुखमा गन्ध आउने, पेटको समस्या, ग्यास्ट्रिकको समस्या, गिजा सुन्निने, उमेर नपुगी दाँत झर्ने, जस्ता समस्या देखिने गर्दछन्। मुख दाँत सफा भएन भने पेट पनि सफा हुँदैन।

दाँत माझ्दा गिजाबाट रगत किन आउँछ ?
हाम्रो मुखमा फोहोर जम्मा भयो भने रगत आउने, सासमा गन्ध आउने जस्ता समस्या देखा पर्छन्। कहिलेकाहीँ हामीले दिनको चारदेखि पाँच पटक खान्छौँ। यसरी खाँदा दुई पटक मात्र दाँत सफा गर्छौँ। त्यसमा सफा गर्ने सामग्री, तरिका र समय मिल्दैन। जसले गर्दा दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदा गिजामा समस्या हुन्छ। बोल्दा वा मुखमा कहिले छुँदा, ब्रस गर्दा वा अन्य केही काम गर्दा लगभग ९५ प्रतिशतमा त्यसरी रगत आउने हुन्छ। पाँच प्रतिशतमा शरीरसँग सम्बन्धित अन्य समस्याका कारणले पनि रगत आउँछ।

हामीले सही तरिकाले दाँतको हेरचाह कसरी गर्ने ?
सबै भन्दा पहिला ब्रसको पछाडि हेर्दा सफ्ट वा मिडियम भनेको हुन्छ। त्यसमा नरम ब्रसले मात्र ब्रस गर्नुपर्छ। नरम ब्रसले गिजा र दाँतमा सबै तिर माझ्दा दुई दाँतको बीचको फोहोर पनि सजिलै बाहिर निस्किन्छ। गिजामा चाहिने जति सबै मसाज पुग्छ। भित्री तहको सफा गर्दा हामीले छड्के पारेर ब्रस गर्नु पर्दछ। दिनमा दुई पटक बिहान, केही खाएपछि वा बेलुका सुत्नु भन्दा अगाडि ब्रस गर्नु पर्दछ। ब्रस गरेको दुई घण्टासम्म केही नखाँदा राम्रो मानिन्छ। केही टाँसिने खालको खाना खाएपछि तुरुन्तै कुला गरिहाल्नुपर्छ।

कस्तो खाना र लापरबाही गर्दा गिजामा समस्या आउँछ ?
रेसादार खानेकुराले दाँत सफा गर्दछ तर गुलियो टाँसिने र बाहिर तेलमा तारेका खाना खाएर सफा गर्ने वा कुला गर्ने गरिएन भने रगत आउँछ। राम्ररी खाना खाएपछि मिलाएर सफा गरियो भने कुनै समस्या हुँदैन।

दाँत र गिजामा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
दाँत र गिजामा कुनै पनि समस्या नआओस् भनेर राम्रोसँग ब्रस गर्नु पर्दछ। जसले गर्दा दाँतमा किरा लाग्दैन। ६ महिनाको फरकमा डेन्टिसकोमा गएर जाँच गर्नु पर्दछ। हामीले खाएको खाना अड्किएर दाँतमा समस्या हुन्छ। हामीले खाएको खाना दाँतमा जम्मा भएर एसिड बनाउँछ। त्यो एसिडले दाँतलाई खियाउँछ र दाँतको पहिलो सतह इनामेललाई खियाएर किरा लाग्ने हुन्छ। नरम ब्रस प्रयोग गर्ने। दाँत र गिजा दुबैलाई हुने गरी ब्रस गर्नुपर्छ।

ओठ, गाला तलमाथि सबै ठाउँमा मुख सफा राख्नुपर्छ। सुपारी, पान, गुट्का खानु हुँदैन। दिनमा दुई पटक ब्रस अनिवार्य गर्नुपर्छ र चिसो पेय पदार्थ धेरै खानु हुँदैन। बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा दुई वर्षको भएपछि मन्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्नुपर्छ। जिब्रो पनि सफा गर्ने गर्नुपर्छ। पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने र प्रत्येक महिनामा अस्पताल गएर दाँत तथा मुखको जाँच गर्ने गर्नुपर्छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ७ : ०९ बजे

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल