सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज « Khabarhub

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । 

बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ती तथा मोड निर्माण र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको स्थानीय चालक विश्वास खत्रीले बताए। ‘पहिला पोखरेबगरदेखि घोडेपानी पुग्न तीन घण्टा लाग्दथ्यो,’ उनले भने ‘अहिले एकै घण्टामा पुगिन्छ । गाडी विग्रने समस्या कम भएको छ । दुर्घटनाको जोखिम पनि कम भएको छ ।’

अठार दशमलव ५४ किलोमिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलातेहुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकैको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो । सो प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण गरिएको सो आयोजनाका लागि मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको बताए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो,’ उनले भने ‘ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।’  विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको सो आयोजनाका लागि निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूबनोट हुनु, प्राकृतिक विपत्ति आइपर्नु, कोरोना महामारीलगायत कारणले लक्ष्यभन्दा तीन वर्षपछि पूरा हुन लागेको हो । 

सडक निर्माणले पूर्णता पाएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुगेको उनले जानकारी गराए ।  

म्याग्दीको गौरवको आयोजना मानिएको सो आयोजनाबाट सडक यातायात मात्र नभएर पर्यटन प्रवर्द्धनकषिको विकासका लागिसमेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिखघारवासीलाई आवतजावतका साथै ढुवानी स्थानीय उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १ : १६ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट

पशुपति क्षेत्रलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेहरूको भीड (तस्बिर)

काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको