महिला क्रिकेट : नेपालद्वारा हङकङलाई जितको लागि ५७ रनको लक्ष्य « Khabarhub

महिला क्रिकेट : नेपालद्वारा हङकङलाई जितको लागि ५७ रनको लक्ष्य


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो ।

नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् ।

तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा गुमायो । उनी एक रन जोड्दै आउट भइन् । चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो ।

उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट भइन् ।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिए ।

नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । हङकङ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १ : ४५ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११