दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा महिला क्रिकेट : नेपाल हङकङसँग पराजित, सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु, दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना, नेकपा एस महोत्तरीका अध्यक्षद्वारा पार्टी परित्यागलगायतका समाचारले प्रमुख स्थान पाए ।

महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु भएको छ। दुधौली नगरपालिका -१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।

नेकपा एस महोत्तरीका अध्यक्षद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३५ लाख रुपैयाँ बरामद

काठमाडौँ उपत्यकामा तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १ सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।

यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।

नेपालमा पनि विश्व शौचालय दिवस २०२३ मनाइने

‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए।

साहले सरसफाइ मानिसको सभ्यता र संस्कारसँग पनि जोडिएको बताए । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रममा साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि सो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले सहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि