शैक्षिक कोषका लागि देउसीभैलो « Khabarhub

शैक्षिक कोषका लागि देउसीभैलो


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्ने क्रम बढेको छ । तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् ।

व्यास नगरपालिका–१२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर रु दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता कोषको सहयोगार्थ विद्यार्थीले भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।

‘मेरो अमरज्योति म बनाउँछु’ अभियानअन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिए । उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले भने, “विद्यालयको कोषमा रकम जुटाउन विद्यार्थीले भैलो सुरु गरेका छन् । यो केही दिन जारी रहन्छ ।”

यसैगरी भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर रु चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले छात्रवृत्ति कोषका लागि भैलो सुरु गरेको छ । क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवं पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्यसहित भैलो सुरु गरेको हो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भने, “लक्ष्मीपूजाको दिनदेखि भैलो खेल्न सुरु गरिएको छ । भैलोबाट सङ्कलित रकम विद्यार्थीको हितमा प्रयोग हुन्छ ।” व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले पनि भैलो कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य शैक्षिक संस्था, आमासमूह, क्लब लगायतले पनि निश्चित उद्देश्य राखेर भैलो खेलिरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ७ : २८ बजे

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक