फिफा वर्ष खेलाडीमा कस्ले मार्ला बाजी ? « Khabarhub

फिफा वर्ष खेलाडीमा कस्ले मार्ला बाजी ?


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफाको यस वर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।

फिफाको अन्तिम तीनमा  इर्लिंग हालाण्ड, केलियन एम्बाप्पे र लियोनल मेसी परे पछि धेरैले मेस्सीको सम्भावना देखाएका छन् । कारण, उनले गत वर्षको विश्वकप जिताउन ठूलो भूमिका खेलका थिए ।

फिफाले हरेक वर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

सुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरूको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेको छ ।

जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन् ।

हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनको दाबीलाई कमजोर ठानिएको छैन ।

केलियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएको भनेर मनोनित गरिएको जनाउँदै आइएको छ ।

त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया