फिफा वर्ष खेलाडीमा कस्ले मार्ला बाजी ? | Khabarhub Khabarhub

फिफा वर्ष खेलाडीमा कस्ले मार्ला बाजी ?


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफाको यस वर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।

फिफाको अन्तिम तीनमा  इर्लिंग हालाण्ड, केलियन एम्बाप्पे र लियोनल मेसी परे पछि धेरैले मेस्सीको सम्भावना देखाएका छन् । कारण, उनले गत वर्षको विश्वकप जिताउन ठूलो भूमिका खेलका थिए ।

फिफाले हरेक वर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

सुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरूको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेको छ ।

जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन् ।

हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनको दाबीलाई कमजोर ठानिएको छैन ।

केलियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएको भनेर मनोनित गरिएको जनाउँदै आइएको छ ।

त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : १६ बजे

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका