‘पञ्चवटी’ किन नेपाली चलचित्र बन्न सकेन ? | Khabarhub Khabarhub

‘पञ्चवटी’ किन नेपाली चलचित्र बन्न सकेन ?

नेपाल र भारतको संयुक्त लगानीमा बनेको पहिलो चलचित्र ‘पञ्चवटी’



नेपालीले लगानी गरेको नेपालमै छयांकन भएको र नेपाली कलाकारले पनि अभिनय गरेको एउटा चलचित्र जो नेपालमै प्रतिबन्धित भयो। त्यो चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पुरस्कारहरू पनि पायो। तर त्यो पुरस्कारको हक दाबी नेपालले गर्न पाएन। किनकि त्यो चलचित्र नेपालमा प्रदर्शन भएन। नेपाली निर्माताले त्यो चलचित्रमा सहभागिता पनि जनाउन सकेनन्। इतिहासको अत्यन्तै विवादास्पद चलचित्रको चर्चा आज गर्दैछु। त्यो चलचित्रको नाम हो ‘पञ्चवटी’।

रामायणको कथामा राम मृगलाई मार्न दौडिएपछि लक्ष्मणले कोरेको रेखा भित्र सीतालाई राखिएको थियो। त्यो लक्ष्मण रेखा भित्र भएको भवन वा कुटीको नाम हो ‘पञ्चवटी’। त्यही कथालाई आधुनिकीकरण गरेर कुसुम अंसलले हिन्दीमा एउटा उपन्यास लेखे, ‘एक ओर पञ्चवटी’। त्यही उपन्यासलाई नेपाल र भारतको संयुक्त लगानीमा नेपालका तर्फबाट शाही नेपाल चलचित्र संस्थान र भारतबाट सौभा डाक्टरले संयुक्त लगानी गरेर चलचित्र बनाए।

नेपालीले लगानी गरेको नेपालमै छयांकन भएको र नेपाली कलाकारले पनि अभिनय गरेको एउटा चलचित्र जो नेपालमै प्रतिबन्धित भयो। त्यो चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पुरस्कारहरू पनि पायो। तर त्यो पुरस्कारको हक दाबी नेपालले गर्न पाएन। किनकि त्यो चलचित्र नेपालमा प्रदर्शन भएन।

यो चलचित्र हिन्दी र नेपालीमा दुई भाषामा बन्ने भएपछि निर्देशकका रूपमा चर्चित भारतीय चलचित्रका निर्देशक बासु भट्टाचार्यलाई छानियो। उनी भारतका प्रसिद्ध चलचित्र निर्देशक मधुमति, देवदास, सुजाताका निर्देशक विमल रायका छोरी ज्वाइँ हुन्।

विमल रायका तीन निर्देशक सहायक बासु भट्टाचार्य, गुलजार, देबु सेन र विमल भट्टाचार्य हुन्। देबु सेनले नेपाली चलचित्रका धेरै पटकथा संवाद लेखे। गुलजारले नेपाललाई प्रेम पूर्वक स्नेह गर्दै कविका रूपमा बेलाबेलामा उपस्थिति जनाए। तर बासु भट्टाचार्य नेपाल र भारतको पहिलो चलचित्र बनाउन नेपाल आए। यो चलचित्रका लागि उनले बलिउडका अभिनेता सुरेश वाडेकर, अकबर खान, दीप्ति नवललाई छाने। यसमा गायकका रूपमा उदित नारायण झा, दीपा गहतराज छानिए।

यो चलचित्रको ६० देखि ६५ प्रतिशत छयांकन नेपालमा भयो। केही दिल्लीमा र बम्बइमा छायांकन भयो। यसमा जैनेन्द्रचन्द ठाकुर, शान्ति मास्के, राजाविक्रम शाह लगायत धेरै कलाकारले अभिनय गरे। क्यामेरा म्यानमा भारतबाट अदिप टंडन र नेपालबाट राजविक्रम शाहले काम गरेका थिए। पञ्चवटी भन्ने चलचित्र अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा गएर सर्वोत्कृष्ट चलचित्रका रूपमा र सर्वोत्कृष्ट पटकथाको रूपमा पनि पुरस्कृत भयो।

कुशुम अंसलको उपन्यास ‘एक ओर पञ्चवटी’ लाई बासुले ‘पञ्चवटी’ नाममा बनाएका थिए। यसमा एउटा नेपाली लोकगीत पनि प्रयोग गरिएको छ, ‘झर्यो चौरासी माया बसेसी’ जुन नेपाली गन्धर्व गायकले गाएका छन्। यस चलचित्रका सङ्गीतकारका रूपमा भारतका प्रसिद्ध सङ्गीतकार पण्डित दशराज उनका छोरा शारंग देबले सङ्गीत गरेका छन्।

पञ्चवटी हिन्दीमा बन्यो। यसको हिन्दीमा सामान्य रेस्पोन्स भयो। तर नेपाली भाषामा यसको चर्चा भयो। तर नेपालमा यो चलचित्र रिलिज हुन दिइएन। चलचित्रकर्मीको द्वन्द्व र राज परिवारका सदस्यको पनि यसमा भूमिका रह्यो।

राज परिवारका नाता पर्ने दुई चलचित्रकर्मीको आपसी द्वन्द्वले गर्दा यो चलचित्रलाई विभिन्न विवादको लाञ्छना लगाइयो। जेठाजु र बुहारीको सम्बन्ध यसरी आउनु नहुने र यसले समाजलाई खलल पुर्याउछ भन्ने आरोप लगाइयो। यो असामाजिक चलचित्र हो। यसमा बुहारी बिग्रिएको देखिन्छ भनेर यस्ता हल्ला गरियो। तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरू पनि डराए। यसले गर्दा हाम्रो लगानी भएको ९ लाख भन्दा बढी नेपाली रुपैयाँ पनि डुब्यो।

कुशुम अंसलको उपन्यास ‘एक ओर पञ्चवटी’ लाई बासुले ‘पञ्चवटी’ नाममा बनाएका थिए। यसमा एउटा नेपाली लोकगीत पनि प्रयोग गरिएको छ, ‘झर्यो चौरासी माया बसेसी’ जुन नेपाली गन्धर्व गायकले गाएका छन्।

हामीले यो चलचित्र हाम्रो हो भनेर दाबी गर्न सेकेको भए अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रकर्मी त्यही समय पुगिसक्ने थिए। २०४२/४३/४४ सालमा अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रकर्मी पुगिसक्थ्यौँ। तर हामीले यो चलचित्रलाई नेपालमा ब्यान्ड गरिसकेपछि यो चलचित्र नेपालको इतिहासमा छैन। धेरै वर्षपछि दूरदर्शनमा यो नेपाली चलचित्र भनेर देखाइयो। त्यो बेला भारतमा रहेका नेपालीले हाम्रो चलचित्र भने किनकि भारतमा रहेकाले मात्र यो चलचित्र हेर्न पाए।

पञ्चवटीको सफलतामा हामीलाई गर्व पनि छैन। पञ्चवटीको असफलतामा हिनता पनि छैन। पैसा लगानी भएको छ। हाम्रो नेपालका सुन्दर ठाउँमा छयांकन गरिएको छ। नेपाललाई सुन्दर रूपमा देखाइएको छ। पोखरा, गोदावरी, थानकोट, साँखु, धुलिखेलमा गएर छायांकन गरेका रोचक दृश्य छन्।

मधुमति देवदास जस्ता चलचित्रमा सहायक भएर काम गरेका बासु भट्टाचार्यले त्यति बेलाका सुपरस्टार राजेश खन्नालाई गृह प्रवेश, आविष्कार जस्ता चलचित्रमा निर्देशन गरेका छन्। तीसरी कसम, राज कपुरको अपार सफल चलचित्रका निर्देशक बासु भट्टाचार्यले पछि आस्था जस्ता चलचित्रहरू पनि बनाए। तर तिनै बासु भट्टाचार्यले बनाएका चलचित्रलाई हामीले हाम्रो भन्न सकेनौँ। त्यो इतिहास मेटिएर गयो।

हामीले यो चलचित्र हाम्रो हो भनेर दाबी गर्न सेकेको भए अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रकर्मी त्यही समय पुगिसक्ने थिए। तर हामीले यो चलचित्रलाई नेपालमा ब्यान्ड गरिसकेपछि यो चलचित्र नेपालको इतिहासमा छैन। धेरै वर्षपछि दूरदर्शनमा यो नेपाली चलचित्र भनेर देखाइयो।

अब इतिहासमा चलचित्रका विद्यार्थीले पञ्चवटीलाई हाम्रो चलचित्र भन्ने कि नभन्ने ? त्यसका नेपालीमा गाएका गीतहरू हाम्रो संगीतमा लागेका गायक गायिकाले गाउने कि नगाउने ? यो एउटा गम्भीर प्रश्न भयो।

नेपालमा धेरै हिन्दी चलचित्रहरू छयांकन भएका छन्। हरे राम हरे कृष्ण, ढोंगी, आँधी तुफान, खोज तर ती चलचित्र भन्दा राम्रो किसिमबाट छयांकन गरिएको पञ्चवटी चाहिँ नेपाली लोकेसनहरू देख्न सकिने भएर पनि नेपालकै छायामा पर्यो।

पञ्चवटी जस्तै गरेर हामीले भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्कासँग मिलेर संयुक्त लगानीका चलचित्रहरू बनायौँ। त्यसको प्रमुख कारण पञ्चवटी नै हो। किनभने पञ्चवटी हामीले संयुक्त लगानीमा सुरु गरेपछि हामीले जोवनज्योति, हामी एक जस्ता चलचित्र बनेका हुन्। त्यसैले चलचित्र इतिहासमा पञ्चवटी महत्त्वपूर्ण छ।

यसको दुखद पक्ष भनेको प्रमुख पात्रहरूका रूपमा निर्देशक बासु भट्टाचार्यले भारतीय कलाकारलाई मात्र खेलाए। यसमा नायक भारतीय भए नायिका नेपाली भइदिएको भए वा नायिका भारतीय भए नायक नेपाली भइदिएको भए यो अर्कै हुनसक्थ्यो। त्यो सबै सम्भावना हुँदा हुँदै पनि हाम्रो निर्माताको रुपमा रहेको शाही नेपाल चलचित्र संस्थानले त्यसको दाबी गर्न सकेन। सो कारणले गर्दा मूल कलाकार पनि भारतीय हुन गए।

दुखद पक्ष भनेको प्रमुख पात्रहरूका रूपमा निर्देशक बासु भट्टाचार्यले भारतीय कलाकारलाई मात्र खेलाए। यसमा नायक भारतीय भए नायिका नेपाली भइदिएको भए वा नायिका भारतीय भए नायक नेपाली भइदिएको भए यो अर्कै हुनसक्थ्यो।

पञ्चवटीको सम्पूर्ण पोस्ट प्रोडक्सन चलचित्र सुटिङपछिका काम यहाँ नभएर भारतमा बम्बैमा भयो। बासु भट्टचार्यको जीवनका महत्त्वपूर्ण चलचित्र आविष्कार, गृह प्रवेश, आस्था जतिकै महत्त्वपूर्ण चलचित्र हो ‘पञ्चवटी’। तर त्यो हाम्रो हुन सकेन। यो दुःखद् क्षणको सम्झना गर्दैगर्दा एउटा गम्भीर प्रश्न छोड्छु, पञ्चवटी हाम्रो हो कि होइन ?

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ३१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको