चितवनका किसान मौरी चराउन चिउरी पाखामा  « Khabarhub

चितवनका किसान मौरी चराउन चिउरी पाखामा 


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् ।

‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्ताले धेरै खोज्ने गरेको किसान थापाले बताए । ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ’, उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए ।

चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए । ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो ।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । 

यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए । उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रूपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताए ।

उहाँका अनुसार नेपालमा सेरेना र मेलिफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ४८ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता