अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : गगन थापा « Khabarhub

अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : गगन थापा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् ।

तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा बोलेका थापाले शनिबार स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेको बताएका छन् ।

नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) बाँड्ने निर्णय गरेर सरकारले अर्को भ्रष्टाचारको काण्ड घटाउन लागेको भन्दै महामन्त्री थापाले त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् । उनी भन्छन्, ‘एकपछि अर्को काण्ड हामीले बेहोर्दै आएका छौं, फेरि अर्को नयाँ काण्ड सरकारले गराउला कि भनेर मलाई चाहिँ डर लागिरहेको छ ।’

‘सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा यस्तै भएको छ,’ कांग्रेस नेता थापा भन्छन्, ‘कुनैबेला सरकार आफैँले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन्।’

महामन्त्री थापाले अगाडि भनेका छन्, ‘पुँजी बजारको अवस्था र आवश्यकताबारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ । सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन । हामीले यो कुरा प्रधानमन्त्रीज्यू लाई भेटेरै भनेका छौँ र सार्वजनिकरूपमा पनि खबरदारी गराउन चाहन्छौँ ।’

थापाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘सरकारबाट यो निर्णय भयो भने प्रतिरोध हुन्छ हुन्छ ।’

https://www.facebook.com/thapagk/videos/1425245501705798

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ११ : ०४ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी