राप्रपा केन्द्रीय कार्यसमिति बैठक भोलिदेखि | Khabarhub Khabarhub

राप्रपा केन्द्रीय कार्यसमिति बैठक भोलिदेखि


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

यसैगरी बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धी प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ०१ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ