टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

देउखुरीघोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 

रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए । 

टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ४२ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने