टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

देउखुरीघोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 

रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए । 

टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ४२ बजे

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका