जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्छ : मन्त्री शर्मा « Khabarhub

जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्छ : मन्त्री शर्मा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अवस्थासँगै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले मुलुकको अवस्था परिवर्तन भएपछि सन्तोषजनक रुपमा जनताको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी हुन् । 

व्यवस्था परिवर्तनका लागि एकता भएजस्तै व्यवस्थाको सुदृढिकरणको साथै देखिएका समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताइन् । उनले अहिले राजनीतिक, साहित्यिक लगायतका क्षेत्रमा निष्ठाको खडेरी देखिएकाले निष्ठाको खडेरी चिर्ने चुनौति रहेको जिकिर गरिन्  । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएको अधिकारहरूको पूर्णप्रयोगको अवस्थामा जनतालाई पुर्‍याउनुपर्ने बताएकी छन् ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो भने खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको थियो ।  

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ४३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच