गाजामा गल्तीवश ३ बन्धक मारिए : इजरायली सेना | Khabarhub Khabarhub

गाजामा गल्तीवश ३ बन्धक मारिए : इजरायली सेना


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीवश मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए ।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, “शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए ।” “आईडीएफ यस दुखद् घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा समवेदना प्रकट गर्दछ ।’’

उनीहरूको शव इजरायलमा सारिएको थियो । अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् ।

“सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,” उनले भने । ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ । घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहुको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए ।

प्रदर्शनकारीहरूले इजरायलको झण्डा र प्लाकार्ड बोकेका देखिन्थ्यो । एउटा प्लाकार्डमामा लेखिएको थियो, “हरेक दिन एक जना बन्धकको मृत्यु हुन्छ ।” “मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएक एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भने, “हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौं ।”

गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो । त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ५७ बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता