सातौँ दक्षिण एसियालीमा पदक जित्ने खेलाडी सम्मानित « Khabarhub

सातौँ दक्षिण एसियालीमा पदक जित्ने खेलाडी सम्मानित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

भरतपुर– सातौँ दक्षिण एसियाली करातेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि सङ्घले नगदसहित सम्मान गरेको छ ।

सङ्घले आज एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही रु १०–१० हजार र सम्मानपत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई रु पाँच हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

पार्वतीले २१ वर्षमुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । यस्तै निक्षाले २१ वर्षमुनि ४० केजी तौल समूहमा रजत पदक जितेका थिए । राष्ट्रका लागि पदक जितेका खेलाडीलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको सङ्घका अध्यक्ष कार्कीको भनाइ छ ।

सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उपप्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते सङ्घ चितवनका अध्यक्ष चित्रबहादुर राना, सङ्घ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ३३ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले