गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : मन्त्री थापा « Khabarhub

गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : मन्त्री थापा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गरे ।

“रोजगारी सिर्जना र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ, प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समितिसमेत गठन गरेको छ”, मन्त्री थापाले भने, “प्रदेशले गाँजा खेतीसम्बन्धी ऐन बनाउँछ, पछि सङ्घीय ऐन बनेर कानुन बाझियो भने सोहीअनुसार प्रदेश सरकार अगाडि बढ्छ ।”

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे । उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे ।

जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताए । उनले सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । मन्त्री थापाले जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ३३ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा