अटिजम रोग होइन, यसलाई डिसअर्डरका रूपमा लिनुपर्छ | Khabarhub Khabarhub

अटिजम रोग होइन, यसलाई डिसअर्डरका रूपमा लिनुपर्छ


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । यो एक विकासात्मक विकार हो । जसले बच्चालाई कुराकानी गर्न, पढ्न, लेख्न र सामाजिक बनाउन निकै गाह्रो बनाउँछ । अटिजम एक अवस्था हो । अटिजम रोग नभई एक विकार हो भन्ने बुझ्नु पर्दछ । अटिजममा विभिन्न बालबालिकामा फरक फरक लक्षण देखा पर्दछ । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, आँखा नजुधाउने, एक्लोपनमा रुचाउने, अरूलाई आफ्नै कुरा भन्न नसक्ने तथा एउटै कुरा दोहोराउने हुन्छ । अटिजम हाइपर र लो गरी दुई प्रकारको हुन्छ । यसै विषयमा आधारित रहेर बाल तथा अटिजम रोग विशेषज्ञ डा. मञ्जु श्रेष्ठसँग त्रिगुना भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

अटिजम भन्नाले कस्तो खालको हो र के बुझिन्छ ?
अटिजम भनेको मेडिकल टर्ममा भन्नु पर्दा न्युरो डेभलबमेन्ट भनिन्छ । बच्चा जन्मे पछि विकास हुँदै जाने क्रममा बच्चाको सोसोलाइजेसन कम्युनिकेसन पाट हुनुमा बच्चाको ल्याकिङ हुन्छ । ल्याकिङ हुँदा चाहिँ बच्चामा अटिजम हुन्छ । ब्रेन डेभलप्मेन्ट नर्मल बच्चामा नर्मल नै हुन्छ । अटिजम बच्चामा चाहिँ ब्रेनको वायरहरू ब्रेनमा कनेक्सन भएको हुन्छ । त्यसले बोल्ने तथा कुरा गर्ने गर्नु पर्छ भन्ने ठाउँका कमी हुन्छ । अटिजम एउटा रोग होइन, यसलाई हामीले डिसअर्डर रूपमा लिन सकिन्छ ।

सामान्य बच्चा भन्दा अटिजम भएका बच्चामा सुस्त हुँदै जाने हुन्छ ?
नर्मल बच्चा ३ महिना बाट नै आमालाई हेरेर हाँस्ने, आवाज निकाल्ने, चिन्ने सबै हुन्छ । अटिजमको बच्चाहरूमा विकास कार्यमा नै ल्याकिङ भएर जान्छ । फाइन मोटर र गल्स मोटर मा चाहिँ बच्चा हिँड्ने कुरा, डुल्ने कुरा हुन्छ सबै कुरा सामान्य हुन्छ । तर बोल्ने कुरामा भने समस्या आउँछ । र १८ महिना र २४ महिनामा बच्चा चेक जाँच गराउनु नै पर्छ ।

अटिजमको पहिचान तथा समस्या कसरी पत्ता लगाउने ?
बाल्ने कुरा मात्र नभई १८–१९ महिनाको बच्चाले आँखा जुधाएर मलाई यो चाहियो भन्न पनि सक्नु पर्छ त्यो अभिभावकले याद नगरेको हुन्छ । बच्चाको डिटेल बानी व्यवहार थाहा नपाएर पनि अटिजम भएको थाहा नपाएको हुन्छ । एक्लै खेलेर बस्ने जुन चिजलाई आफूले लिराखेरको छ त्यसमा नै रमन खोज्ने हुन्छ । कुनै बच्चा कार्ड खेली राखेको छ भने कार्ड नखेल्ने पन्ना खेल्ने पनि हुन्छ । ३० प्रतिशत बच्चा बोल्दै नबोल्ने पनि हुन्छ । बढी पोस्टरहरूबाट सिकाउँदा पनि अटिजम भएको बच्चाले नबुझ्ने हुन्छ ।

यसको अवस्था फरक फरक हुन्छ ?
अटिजमको किसिम भन्दा पनि सिबिरिटिको रूपमा लिने गरेको छ । कुनै बच्चामा अटिजम भएता पनि सिस्टम सबैमा एकै किसिमको हुँदैन । मुख्य कारण बच्चा नबोल्ने नै पाइन्छ त्यसमा अन्य कारण पनि हुन्छन् अभिभावकले थाहा नपाएको पनि भेटिन्छ । एउटा कार्य बाट बाहिर जान नचाएको पाइन्छ । एउटै कार्यमा रहन मात्र चाहेको हुन्छन् । जन सुकै कुरामा पनि सहयोग गर्नु परेमा अरूमा निर्भर रहेमा त्यस्ता बच्चालाई अटिजम भएको मान्न सकिन्छ ।

अटिजम भएको बच्चालाई कस्तो थेरापीहरू गराइन्छ ?
अटिजममा चाहिँ फरक फरक थेरापी छ । नेपालमा पनि भिजन, अकुपेसन, इस्पिच थेरापी जस्ता अन्य थेरापी रहेका छन् । यस्ता थेरापीहरूलाई राम्रो सँग प्रयोग गर्न सके फङसनलि उसले गर्न सक्ने काममा सहयोग गर्न सकिन्छ ।

भिजन थेरापी अटिजमको लागि किन आवश्यक छ ?
लगभग ९० प्रतिशत आँखाको समस्या हुन्छ यस्तो कुरा अभिभावकलाई पनि थाहा हुँदैन । बच्चा स्कुल जान थाले पछि भने बच्चाले किताब नजिक लगेर हेर्ने, टिभी नजिक गएर हेरे पछि थाहा हुन्छ । भिजनको कुरा धेरै जनालाई थाहा नभएको हुन्छ । बच्चाको पावर चेक गराउनुस् त्यसले नभए भिजन थेरापीको नै पनि प्रयोग गर्न आवश्यक हुन सक्छ । देखेको कुरा सही नभए सम्म बच्चाले लेख्दैन जस कारण भिजन थेरापी गराउन आवश्यक छ ।

नेपालमा पछिल्लो समय अटिजमको अवस्था कस्तो देखिन्छ ?
अहिले भने मिडियाको कारणबाट धेरै अभिभावक सचेत भएको पाइन्छ । पहिला अटिजम नाम थाहा थिएन कतिमा अहिले भने त्यसको बारेमा प्राय सबै अभिभावक सचेत भएर तथा सोसल मिडियाको कारण यो १०० प्रतिशतमा ९५ प्रतिशतमा नभएको पाइन्छ । मिडियाको कारण मानिसमा जनचेतनाको विकास भएको छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०९ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन