विश्वमा आज : जापानको भूकम्पदेखि सुरक्षा परिषद्को पहिलो बैठकसम्म « Khabarhub

विश्वमा आज : जापानको भूकम्पदेखि सुरक्षा परिषद्को पहिलो बैठकसम्म


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

जापानको विनाशकारी भूकम्प
सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।

डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु
सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।

सुरक्षा परिषद्को पहिलो बैठक
सन् १९४६ मा राष्ट्र सङ्घको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्र सङ्घको महत्त्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : २१ बजे

एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यबिभाजन गरिने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज

प्रचण्ड पुग्नु अघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो  

उज्जैन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

म्याग्दी – पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको

पर्यटकीय हब गलकोट दरबार संरक्षण गरिँदै

गलकोट – बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…

बासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्। कोलोराडोमा