‘ठूलो पंक्तिको असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमियौँ’ « Khabarhub

‘ठूलो पंक्तिको असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमियौँ’


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लागेका लिङ्देनले आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गरेका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु,’ उनले लेखेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले मंगलबार राष्ट्रपतिबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डेले सहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको र दिपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्री पदको शपथ लिने तय भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ४६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी