रास्वपाका खनाल शिक्षा र अर्याल श्रममन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री « Khabarhub

रास्वपाका खनाल शिक्षा र अर्याल श्रममन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा.कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो । रास्वपाले सत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ । उसले सोविता उप्रेती वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०१ बजे

द्वन्द्व कारण हालसम्म कुनैपनि नेपाली अप्ठ्यारोमा छैनन् : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई