कृषिमन्त्री ज्वालाकुमारी साहद्वारा पदभार ग्रहण « Khabarhub

कृषिमन्त्री ज्वालाकुमारी साहद्वारा पदभार ग्रहण


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पद बहाली गरेकी छिन् । मन्त्रालयमा उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेपछि मन्त्री साहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निर्णय गरेकी छिन् ।

कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छिन् ।

कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : ४९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी