बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल « Khabarhub

बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् ।

उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने दृढता व्यक्त गरे । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।”

मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ०३ बजे

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य