बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल « Khabarhub

बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् ।

उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने दृढता व्यक्त गरे । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।”

मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ०३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी