दुर्घटनाबारे अध्ययन गर्न विमान निर्माता कम्पनीको विज्ञ टोली नेपालमा | Khabarhub Khabarhub

दुर्घटनाबारे अध्ययन गर्न विमान निर्माता कम्पनीको विज्ञ टोली नेपालमा


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उनले भने, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।”

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगका सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् ।

साथै हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइनेछ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइनेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : २४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका