नवनियुक्त उद्योगमन्त्री भण्डारीद्वारा वाणिज्य नीति पुनरावलोकन गर्ने निर्णय « Khabarhub

नवनियुक्त उद्योगमन्त्री भण्डारीद्वारा वाणिज्य नीति पुनरावलोकन गर्ने निर्णय


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले पुस १० मा बिना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो ।

पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि उनले अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनर्स्थापना र साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ध्यान दिइने उनले बताए । उनले आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ३२ बजे

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र