लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादीका घर्ती मगर निर्विरोध निर्वाचित « Khabarhub

लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादीका घर्ती मगर निर्विरोध निर्वाचित


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो ।

उनलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिषकुमार चौधरी समर्थक रहेका थिए ।

प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित भएकी छिन् । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताए । उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ५५ बजे

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य