नवनियुक्त शहरी विकासमन्त्री पाण्डेको निर्णय : प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल « Khabarhub

नवनियुक्त शहरी विकासमन्त्री पाण्डेको निर्णय : प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् ।

प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए । मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उनको भनाइ थियो ।

हरेक आधा घण्टामा जनताले झोलुङ्गे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुङ्गे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्साङ्कन गरिने उनको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । उनले भने, “हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।”

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ५९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा