उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन् ।

उनले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गरेका छन् । उनले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पारे ।

“यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो”, उनले भने, “त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ ।” गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उनले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताए। सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए ।

सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए । सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताए । सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो ।

अनुमगनका क्रममा मन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिसमेत सहभागी छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १६ बजे

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ पानीधारामा मंगलबार दिउँसौ

महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि

धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको