पूर्वाधार संरक्षणमा स्थानीय तहको अभिभावकत्व आवश्यक « Khabarhub

पूर्वाधार संरक्षणमा स्थानीय तहको अभिभावकत्व आवश्यक


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नगरपालिकासँग मिलेर नगर विकास कोषले आयमूलक क्षेत्रमा लगानी गर्दै आएको छ । नगर विकास कोषले गरेको लगानी के कति र कस्तो छ ? उक्त लगानीको उचित प्रयोग भएको छ या छैन ? यसै विषयमा आधारित रहेर नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटासँग आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादित अंश-

लगानी गर्ने स्रोत कहाँबाट जुटाउनुहुन्छ ?

एक नेपाल सरकारबाट, दोस्रो विभिन्न दातृ निकायबाट प्राविधिक रूपमा नेपाल सरकारबाट नै सहयोग आउने गरेको छ । कोषको आफ्नो पुँजी छ । खानेपानी क्षेत्र तथा आयमूलक आयोजनामा लगानी गर्ने भनेर कोषको आफ्नो जुन पुँजी छ त्यो नै परिचालन गर्ने हो ।

अहिलेसम्म कति वटा नगरपालिकासँग सहकार्य गर्नुभएको छ ?

अहिलेसम्म ८८ वटा नगरपालिकासँग काम गरेका छौँ ।

तपाईँहरूले लगानी गरेर बनाएका आयोजनाहरु कतिपय स्थानमा अलपत्र परेको अवस्था पनि छ, यस्तो अवस्था किन आउँछ ?

मान्छेको जीवनचक्र जस्तो आयोजनाको पनि जीवनचक्र हुन्छ । आयोजना बनेपछि त्यसलाई मर्मत सम्भार गर्नु नपर्ला तर त्यही आयोजना बनाएको २० वर्ष २५ वर्षपछि बस्ती विस्तार भई घर निर्माण भएको हुन्छ । पानीको स्रोतको व्यवस्थापन नभएको हुनसक्छ । यो समयमा एक लेभलको योजना बनाएर सञ्चालन, व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

खानेपानी संस्थाको पनि समस्या आउने गरेको पाइन्छ । देशभरी नै पूर्वाधार बनेका छन्, त्यसको संरक्षणमा स्थानीय सरकारले पनि अभिभावकत्व ग्रहण गरिदिए राम्रो हुन्छ । यसले आयोजनालाई सपोर्ट पनि हुन्छ ।

 

मैले पैसा ल्याएँ भन्ने परिपाटीका कारण यो अवस्था आइपरेको हो ?

हो, डिजाइनमा सन्तुष्ट बनाउन सकेको अवस्था नै छैन । बैंकको अवधारणामा आयोजनाको काम हुन सकेको छैन । राष्ट्रिय योजना आयोग बलियो हुन्छ । तह मिल्यो भने राम्रा प्रोजेक्ट आउँछ । त्यसलाई नियमित लागेर अगाडि बढाउने प्रयास रहन्छ । समाजमा समस्या उत्पन्न भएमा आयोजनाका कार्यलाई समाधानमूलक रूपमा अगाडि बढाउन सक्नुपर्छ । अर्थशास्त्रलाई हेरेर आएको मानिसले आफूले पाएको जिम्मेवारीलाई सकारात्मक रूपमा बहन गरेको भने हुन्छ ।

६० प्रतिशतभन्दा बढी बजेट तोकिएर गएका शीर्षकमा खर्च हुने र ४० प्रतिशत बजेट कहाँ लैजाने ? चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । आयमूलक क्षेत्रको लागि के गर्ने ?

सङ्घीयता काम गर्नसक्ने हुनुपर्छ । आर्थिक कार्य वृद्धि गदै जान जरुरी छ । आफ्नो आम्दानी नभएमा सक्षम हुन सकिँदैन ।

नगर विकास कोषको पुनःसंरचना गर्ने काम कहाँ पुगेको छ ?

धेरै लगानी नहुनुको कारण ऋणसँगै अनुदान दिन सकेको अवस्था छैन । २९३ वटा नगर पालिका बनेका छन् । ७५३ वटा गाउँपालिका बनेका छन् । जसकारण स्थानीय सरकार कै साथ चाहिएको छ । यसमा सरकारले अपनत्व नलिई कार्य अगाडि बढाउन गाह्रो हुन्छ । एक खालको क्याबिनेट तयार गरेर बोर्डले स्वीकृत दिएको खण्डमा यसको समाधान हुन्छ ।

 

प्रस्तुती- कुसुम गौतम

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : १८ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न