आउँदो ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी « Khabarhub

आउँदो ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ । 

दिवसका दिन आयोगको कान्तिपथस्थित परिसरमा हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् ।

आयोगका लागि यो वर्ष निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ । गत वैशाख ३० गते स्थानीय तह तथा मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया