डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न « Khabarhub

डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ ।  तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । 

उनका अनुसार यतिबेला चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ । सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ । उनले भने , ‘कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ ।’ यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उनको दाबी छ ।

आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताए । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ ।

 राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५-१५ मिटरको हुने भएको छ । त्यस्तै १०-१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’(भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

त्यस्तै दायाँबायाँ एक-एक मिटरको ‘सोल्जर’ तथा एक-एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । 

त्यस्तै कालोपत्र सकिएपछि पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँको डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ । यस सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकामा कम्पनीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ  ।

 यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन करिब साढे एक दशक लागेको थियो । 

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे-बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन् । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया