डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न | Khabarhub Khabarhub

डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ ।  तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । 

उनका अनुसार यतिबेला चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ । सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ । उनले भने , ‘कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ ।’ यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उनको दाबी छ ।

आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताए । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ ।

 राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५-१५ मिटरको हुने भएको छ । त्यस्तै १०-१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’(भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

त्यस्तै दायाँबायाँ एक-एक मिटरको ‘सोल्जर’ तथा एक-एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । 

त्यस्तै कालोपत्र सकिएपछि पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँको डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ । यस सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकामा कम्पनीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ  ।

 यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन करिब साढे एक दशक लागेको थियो । 

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे-बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन् । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : ३० बजे

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो

बीपी राजमार्गमा फेरि पहिरो खस्यो, वैकल्पिक बाटो पनि अवरुद्ध

धुलिखेल – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको