कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेस तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेससहित पक्राउ गरेको हो । उनको पसलबाट चरेस बरामद गरेको प्रहरीले बताएको छ । 

शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ४० बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु