आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने सरकारको निर्णय « Khabarhub

आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने सरकारको निर्णय


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिद्को वैठकबारे जानकारी दिँदै लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णयसमेत गरेको बताईन् ।

उनका अनुसार सरकारले संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८–७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले संवत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा पत्रराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिईन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ५२ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय