भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीद्वारा भारतको प्रसंशा « Khabarhub

भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीद्वारा भारतको प्रसंशा


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीले भारतको प्रसंशा गरेको छ । भूकम्पका बेला उद्धार तथा राहत सामग्री उपलब्ध गराएको भन्दै टर्कीले भारतको प्रसंशा गरेको हो ।

भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले सहयोगप्रति आभार व्यक्त गर्दै भारतलाई धन्यवाद दिएका छन् । भूकम्पपछि भारतले सहायता एवम् स्वास्थ्य समग्रीसहित सी १७ विमान टर्कीतर्फ पठाएको थियो । भारतले ‘अपरेसन दोस्त’ का नामबाट टर्कीलाई सहायता उपलब्ध गराएको हो ।

दक्षिणी टर्की र छिमेकी सिरियामा गएको ७.८ म्याग्नेच्युडको भूकम्पका कारण हालसम्म टर्कीमा मात्रै ३८ हजार जनाको मृत्यु भइसकेको छ भने अरु दशौँ हजार घाइते भएका छन् ।

भूकम्पपछि ढलेका संरचनाका भग्नावशेषमा अझै धेरै मानिसहरु फसिरहेको हुनसक्ने आशंकामा उद्धार तथा खोजीको कार्य अझै जारी रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ०३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण