बंगलादेशको हिन्दू मन्दिरमा आक्रमण « Khabarhub

बंगलादेशको हिन्दू मन्दिरमा आक्रमण


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशमा हिन्दू मन्दिरमा आक्रमण भएको छ । अज्ञात व्यक्तिको समूहले बंगलादेशको बालियाडाँगी उपजिलामा रहेका १४ हिन्दू मन्दिरमा आक्रमण गरी क्षति पुर्‍याएको ढाका ट्रिब्युनले जनाएको छ ।

घटनापछि प्रतिक्रिया दिँदै ठाकुरगाँव क्षेत्रका प्रहरी उपरीक्षक मोहम्मद जहाँगिर होसेनले हिन्दू मन्दिरमा आक्रमण गर्नेको खोजी भइरहेको जनाएका छन् । उनले घटनाबारे प्रहरीले अनुसन्धान थालेको समेत जानकारी दिएका छन् ।

आक्रमणकारीले मन्दिरमा आक्रमण गरी मन्दिरभित्र रहेका भगवानका प्रतिमा तोडफोड गरेको भारतीय समचार संस्था एएनआईले उल्लेख गरेको छ ।

बहुसङ्ख्यक मुसलमान जनसङ्ख्या रहेको बंगलादेशमा पछिल्लो समय हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमणका घटना बढ्दै गएको पाइन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया