बंगलादेशको हिन्दू मन्दिरमा आक्रमण « Khabarhub

बंगलादेशको हिन्दू मन्दिरमा आक्रमण


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशमा हिन्दू मन्दिरमा आक्रमण भएको छ । अज्ञात व्यक्तिको समूहले बंगलादेशको बालियाडाँगी उपजिलामा रहेका १४ हिन्दू मन्दिरमा आक्रमण गरी क्षति पुर्‍याएको ढाका ट्रिब्युनले जनाएको छ ।

घटनापछि प्रतिक्रिया दिँदै ठाकुरगाँव क्षेत्रका प्रहरी उपरीक्षक मोहम्मद जहाँगिर होसेनले हिन्दू मन्दिरमा आक्रमण गर्नेको खोजी भइरहेको जनाएका छन् । उनले घटनाबारे प्रहरीले अनुसन्धान थालेको समेत जानकारी दिएका छन् ।

आक्रमणकारीले मन्दिरमा आक्रमण गरी मन्दिरभित्र रहेका भगवानका प्रतिमा तोडफोड गरेको भारतीय समचार संस्था एएनआईले उल्लेख गरेको छ ।

बहुसङ्ख्यक मुसलमान जनसङ्ख्या रहेको बंगलादेशमा पछिल्लो समय हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमणका घटना बढ्दै गएको पाइन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : १९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा