संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति « Khabarhub

संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पु¥याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

महाशिवरात्रि तथा सेना स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा आज सकल दर्जालाई सम्बोधन गर्दै उनले नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकल दर्जाले देखाएको तत्परता, पहल र उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराख्न तथा उज्ज्वल भविष्यलाई निर्देशित गरेको बताए ।

प्रधानसेनापति शर्माले आइपर्नसक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकल दर्जाले पेसागत ज्ञान, सीप र बन्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रधानसेनापति शर्माले भने, “हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन्–झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको छ, सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्र राष्ट्रका सेनासँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरू विस्तार गर्दै अघि बढेको छ ।”

उनले सरकार र जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि उच्च पेसागत क्षमता र हौसलाका साथ हरहमेसा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिए ।

प्रधानसेनापति शर्माले भने, “सुदृढ र सु–सङ्गठित सेना नै राष्ट्रिय हितको संरक्षण र संवद्र्धनको आधारशिला भएकाले आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र रही युनिट तथा सङ्गठनको हित हुनेगरी सकारात्मक कार्यमा प्रयोग गर्न आवश्यक छ ।” विसं १८१९ मा नेपाली सेनामा पाँचवटा कम्पनी स्थायीरूपमा खडा भएको वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुआतीका रूपमा लिँदै यसपटक दुई सय ६०औँ सेना दिवस मनाइँदै छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ३६ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको