आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उनले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मिलेर समाधान गर्नुपर्ने बताए । उनले संसद्मा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्नेसमेत बताए ।

उनले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घको प्रशंसा गरे । उनले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सदैव सहयोग हुने बताए ।

यही फागुन १५ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानको समेत दुई सयभन्दा बढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा रु ४५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश नं १ कै गौरवको विषय भएको बताए । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने विश्वास व्यक्त गरे । उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नुपर्ने, महिला उद्यमीले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरूको बजारीकरण गर्न खोज्नु सराहनीय भएको धारणा राखे।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्