डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा « Khabarhub

डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र भोलि सहज रुपमा भक्तजनलाई दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।

समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिए । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।

पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको छ ।

शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका महासचिव बस्नेतले जानकारी दिदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : २९ बजे

‘खुट्टा भाँच्ने भनाइको जवाफ दिनुपर्छ भनेर मन्त्रीज्यू बैठकमा नआउनुभएको हो’

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय