बालाजु लुटपाटको घटना : एक जना आरोपी भैरहवाबाट पक्राउ | Khabarhub Khabarhub

बालाजु लुटपाटको घटना : एक जना आरोपी भैरहवाबाट पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो । कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ३९ बजे

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र