महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदकी उम्मेदवार झा « Khabarhub

महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदकी उम्मेदवार झा


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।


नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’

आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य रहेकी छन् ।  

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : २६ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका