उपप्रधानमन्त्री श्रेष्ठद्वारा बालाजु-बाइपास र जोरपाटी-मूलपानी सडक अनुगमन | Khabarhub Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठद्वारा बालाजु-बाइपास र जोरपाटी-मूलपानी सडक अनुगमन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीय जनताको विरोधका कारण काठमाडौँ उपत्यकास्थित केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरी सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकन भ्रमणमा आएको स्पष्ट पारे।

उनले नेपाल खानेपानी संस्थान तथा विद्युत् प्राधिकरणको मर्मतसम्भारसम्बन्धी काम, मुद्दा मामिला र स्थानीय जनताको अवरोधका कारण तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुन नसकेको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग छुट्टाछुट्टै छलफल गरीे जनचाहनाबमोजिम यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय जनताले सडक निर्माणसँग सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन उपप्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । स्थलगत अवलोकनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, संघीय सडक सुपरिवेक्षण प्रमुख अर्जुन अर्याल तथा काठमाडौँ र ललितपुर जिल्ला सडक डिभिजन कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : १२ बजे

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

 अछाम– अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला 

काठमाडौं– नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

 चितवन– भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  ।

पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन

पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने

पूर्वराजा ज्ञानेन्द्रप्रति कांग्रेस पनि आक्रामक

काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व