उपराष्ट्रपति निर्वाचन : रास्वपाले ममता झालाई भोट दिने | Khabarhub Khabarhub

उपराष्ट्रपति निर्वाचन : रास्वपाले ममता झालाई भोट दिने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीको उम्मेदवारलाई भोट दिने भएको छ। शुक्रबार बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक सांसदले बताए। रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय हाे

नयाँ उपराष्ट्रपति पदका लागि मतदान जारी छ। नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता रहेका छन् । 

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : २० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई