बूढानीलकण्ठमा सीप सम्मेलन तथा कृषि मेला सुरु « Khabarhub

बूढानीलकण्ठमा सीप सम्मेलन तथा कृषि मेला सुरु


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बूढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगरप्र्रमुख मिठाराम अधिकारीले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई बजारीकरण गर्न सीप सम्मेलन तथा कृषि मेला आयोजना गरिएको बताए । सीप सम्मेलनले आगामी दिनमा व्यवसायलाई थप उत्प्रेरणा हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिने उनको भनाइ छ ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको बताइएन। बूढानीलकण्ठ नगरपालिका कृषि उत्पादन तथा घरेलु व्यवसायमार्फत स्वरोजगार विकास गर्न सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।

नीति तथा कार्यक्रमका लागि आधार तयार गर्न र आगामी आवमा कस्ता खालका सीपमूलक तालिम तथा कृषिलाई केन्द्रित गरी उपलब्धिमूलक कार्यक्रम तयार गर्न सकिन्छ भन्ने परीक्षण गर्न सीप सम्मेलन तथा कृषि मेला गरिएको उनले बताईन । काठमाडौँ क्षेत्र नम्बर ४ ‘ख’ का बागमती प्रदेशसभा सदस्य जयराम थापाले स्थानीय व्यवसायीलाई आर्थिकरूपमा सक्षम बनाउन यस कार्यक्रमले सहयोग गर्ने बताए ।

उनले कौसी खेती, टनेल खेती, पुष्प खेती, घरेलु व्यवसायलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आवश्यक पहल गर्ने बताए । आधुनिक कृषि खेती कसरी गर्ने र भएको उत्पादनलाई बजारीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर कृषकलाई सहज बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा ७१ स्टल राखिएको छ । स्थानीयवासीले हातबाट बुनेका सामान, काठबाट बनाइएका, गाँजा र अल्लोबाट बनाइएका कपडा, जैविक खाने परिकार, विषादिरहित तरकारीलागायत सामान स्टलमा प्रदर्शनमा राखिएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा सुरु भएको सीप सम्मेलन तथा कृषि मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : १४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा