नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुने « Khabarhub

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ ।

फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताए ।

भारतीय टीममा विभिन्न राज्यबाट टि–२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उनले दिए। नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन् । प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताए । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ ।

नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेशनले आगामी दिनमा पुरुष तथा महिलाको प्रयोगिताको आयोजना गर्ने बताएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ४३ बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई