आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी | Khabarhub Khabarhub

आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ०९ बजे

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने

थन्डरबोल्ट क्लब आहा राराको क्वार्टर फाइनलमा

पोखरा – भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहा

प्रचण्डको दाबी – ‘मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भयो’

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री