चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक घाइते भएका छन् ।
३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका हुन्।
उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।













प्रतिक्रिया