आठबीसकोट नगरपालिकाले एकै पटक २०० शिक्षक हटाउने « Khabarhub

आठबीसकोट नगरपालिकाले एकै पटक २०० शिक्षक हटाउने


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सयभन्दा बढी करार शिक्षकलाई जागिरबाट हटाउने निर्णय गरेको छ ।

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै पालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरू हटाउने निर्णय गरिएको हो।

अब नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नवीकरण नहुने भएको छ ।

शनिवार बसेको ७८औं नगर कार्यपालिका बैठकले पालिकामा विद्यालयको संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उद्देश्यले करार शिक्षकको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको नगरप्रमुख रवि केसीले बताए ।

उनकाअनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाई छ । नगरपालिकाले करिब पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ ।

करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल सुरु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ११ : ०५ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी