करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु « Khabarhub

करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका-२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो । 

घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका-७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : २० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष